विगतमा भएको भ्रष्टाचारको छानबिन गर्ने प्रधानमन्त्री कार्कीको भनाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विगतमा भएको भ्रष्टाचारको छानबिन गर्ने बताएकी छिन् । आज बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले वर्तमान सरकारले छोटो समयमा नै विगतमा भएको भ्रष्टाचारको प्रस्ट जानकारी पाइसकेकोले त्यसउपर छानबिन गर्ने बताएकी छिन् ।
प्रधानमन्त्री कार्कीले यसको आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गर्न वर्तमान सरकार प्रतिवद्ध रहेको बताईन् । प्रधानमन्त्री कार्कीले आन्दोलनमा भएको लुटपाट, तोडफोड गर्दा व्यक्तिको घरमा देखिएको नगद र सम्पत्तिमा समेत सरकारको निकायले छानबिन शुरु गरिसकेको भनाई छ ।