भीमफेदीमा ५९४ जनाको निशुल्क आँखा परीक्षण
मकवानपुर । भीमफेदी गाउँपालिकाको आयोजनामा गत मङ्सिर १ गतेदेखि ४ गतेसम्म भएको छ । बस्तीपुर जेसीज मनहरी र लायन्स क्लव अफ हेटौँडा स्मारकको संयोजन र नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा ५९४ जनाले आँखा परीक्षण गरेका छन् । जसमध्ये २५ जनाको शल्यक्रिया गरिएको थियो ।
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको अध्यक्षतामा भएको उक्त शिविरका लागि मकवानपुर घर भई हाल अमेरिका रहेका गोपेन्द्र भट्टराईको आर्थिक सहयोगमा भएको हो ।
शिविरमा गाउँपालिका उपाध्यक्ष संजीव श्रेष्ठ, भरतपुर आँखा अस्पतालका प्रमुख डाक्टर पुष्पा गिरी श्रेष्ठ, नेत्र ज्योति संघ केन्द्रीय कार्यालय प्रमुख डा.चेतराज पन्त, लायन्स क्लब स्मारकका अध्यक्ष जीवन छत्कुली, बस्तीपुर जेसीज मनहरीका अध्यक्ष सन्तोष उप्रेती, नेपाल जेसिजका पूर्व उपाध्यक्ष सिनेटर तेजप्रसाद उप्रेती (रमेश) लगायत भीमफेदी गाउँपालिका वडा नम्वर २, ४, ५, ६ का वडाध्यक्षको सहभागिता रहेको थियो ।












