हेटौंडा यातायातमा सवारी लाइसेन्स खुल्यो
देशका ४२ मध्ये २८ कार्यालयबाट अनलाईन फारम भर्न सकिने
मकवानपुर । गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनबाट प्रभावित हेटौंडाको यातायात सेवा कार्यालयले हिजोबाट सवारी लाइसेन्स आवेदन सुचारु गरेको छ । सेवा कार्यालयले नयाँ तथा वर्ग थप सवारी लाइसेन्सका लागि अनलाइनबाट आवेदन दिन सकिने जनाएको छ । कार्यालयका अनुसार आवेदनका आधारमा मंसिर २५ गते विहीबार लिखित परीक्षाको तयारी गरेको जनाएको छ । जेन्जी आन्दोलनले कार्यालयमा क्षति पुर्याएपछि सेवा अवरुद्ध भएको थियो । जेन्जी आन्दोलनपछि ४२ वटा यातायात कार्यालयका सेवा अवरुद्ध भएकोमा हिजोबाट २८ सेवा कार्यालयबाट सवारी लाइसेन्सको कार्य सुचारु गरिएको छ ।
अनलाइन फारम भर्नको लागि लिङ्क: https://applydlnew.dotm.gov.np












