ट्रक व्यवसायी महासंघका महासचिवलाई संघको बधाई

हेटौडा न्युज
६ माघ २०८२, सोमबार ११:१८
;

मकवानपुर । नारायणी यातायात व्यवसायी संघले निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाईलाई नेपाल ट्रक यातायात व्यवसायी महासंघको महासचिव निर्वाचित भएकोमा बधाई कार्यक्रम आयोजना गरेको छ ।

महासंघको ८औं महाधिवेशनबाट अध्यक्षमा राजेन्द्रविक्रम बानियाँ निर्वाचित भएका छन् । त्यस्तै महासंघमा नारायणी संघका सचिव शालिकराम ढकाल केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । कार्यक्रममा संघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोजकुमार खनालसहित संघका पदाधिकारी, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*