महान ब्राजिलियन फुटबलर पेले एक्लै हिँड्डुल गर्न नसक्ने भए, छोरा भन्छन्- बुबा निराश हुन थाल्नु भएको छ

हेटौडा न्युज
२८ माघ २०७६, मंगलवार १८:२१
;

एक्लै हिँडडुल गर्न नसक्ने भएपछि महान ब्राजिलियन फुटबलर पेले घरबाहिर निस्कन छाडेका उनका छोराले बताएका छन्।

तीनपटकको विश्वकप फुटबल विजेता तथा सर्वकालिन फुटबल खेलाडी पेलेलाई मुत्र संक्रमण भएपछि गत वर्ष अस्पताल भर्ना गर्नुपरेको थियो।

७९ वर्षिय पेलेलाई कम्मरसम्बन्धी समस्या रहेको छ जसका कारण उनलाई हिँड्डुल गर्नका लागि फ्रेमको आवश्यक्ता पर्ने गरेको छ । यसै समस्याका कारण केही समय यता पेले सार्वजनिक कार्यक्रमहरूमा ह्वीलचेयरमा देखिदैं आएका छन्।

"A

'उहाँ आजकल निक्कै निष्क्रिय र एक्लै बस्न रुचाउने हुनुभएको छ', पेलेका छोरा एडिन्होले टिभी ग्लोबोसँग भने।

सर्वकालिन महान् फुटबल खेलाडी पेलेले आफ्नो २१ वर्ष लामो फुटबल करियरमा १३ सय ६३ खेलमा १२ सय ८१ गोल गरेका छन् जुन आफैमा विश्व रेकर्ड हो।

उनले ब्राजिलका लागि ९१ खेल खेल्दै ७७ गोल गरेका छन्।

"Pelé

पछिल्ला केही वर्षयता उनको स्वास्थ्यमा विभिन्न समस्याहरू देखिदैं आएको छ। ६ महिनाको अवधिमा दोश्रो पटक अस्पताल भर्ना गर्नुपरेपछि छ सन् २०१५ मा उनको प्रोटेस्टेडको सर्जरी गरिएको थियो।

'कल्पना गर्नुस्, उहाँ राजा हुनुहुन्थ्यो जसको कस्तो आकर्षक परिचय थियो र आजको दिन छ, उहाँ राम्ररी हिँड्डुल गर्न सक्नुहुन्न', एडिन्होले भने।

'उहाँको अवस्था एकदमै नाजुक छ। उहाँको कम्मरको शल्यक्रिया गरिएको थियो तर त्यसले खासै राम्रो फाइदा पुर्‍याएन। त्यसैले उहाँलाई हिँड्डुल गर्न समस्या परिरहेको छ र यसले उहाँलाई एक किसिमको निराशामा लगेको छ', उनले भने।

यसै वर्षको जुनमा पेलेले अन्तिम विश्वकप जितेको ५० वर्ष पुग्दैछ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*