हेटौँडा-१५ लाई अनुपम घलान स्मृति फुटबलको उपाधि

हेटौडा न्युज
१० फाल्गुन २०८१, शनिबार २१:१९
;

मकवानपुर/हेटौँडा उपमहानगरपालिकामा सञ्चालित अनुपम घलान स्मृति यु–१६ फुटबल प्रतियोगिताको उपाधि हेटौँडा–१५ ले जितेको छ । शनिबार पिप्ले–क्याम्पा रङ्गशालामा भएको फाइनल खेलमा हेटौँडा–१८ लाई सडन डेथमा हराउँदै हेटौँडा–१५ ले उपाधि जितेको हो ।

उपाधिसँगै हेटौँडा–१५ ले एक लाख रुपैयाँ हात पार्दा उपविजेता हेटौँडा-१८ ले ७० हजार रुपैयाँ हात पारेको छ ।

निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि ४–४ गोलको बराबरी भएपछि सडन डेथमा हेटौँडा–१५ विजयी भयो । सडन डेथमा हेटौँडा-१५ का खेलाडी विकास थिङ निर्णायक गोल गरेका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हेटौँडा–१८ का अभिराज थापा मगरले १० हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गरेका छन् । यस्तै हेटौँडा–१५ का उज्जव वाईबा उत्कृष्ट प्रशिक्षक घोषित हुँदा हेटौँडा–१५ बाटै उत्कृष्ट फरवार्ड रेहान घलान, उत्कृष्ट गोलरक्षक विकेश थिङ, उत्कृष्ट डिफेन्डर नविन लो भए । उत्कृष्ट मिडफिल्डरको ट्रफी हेटौँडा–१८ का साजन लोप्चनले प्राप्त गरे ।

हेटौँडा उपमहानगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*