तेस्रो बागमती गोल्डकपको उपाधी जावलाखेल युथ क्लबलाई

हेटौडा न्युज
११ फाल्गुन २०७६, आईतवार २३:४७
;

तेस्रो बागमती गोल्डकपको उपाधी जावलाखेल युथ क्लबले हात पारेको छ । बागमती गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा भएको फाईनल खेलमा जावलाखेलले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै उपाधी हात पारेको हो ।  आज भएको खेलमा जावलाखेलले १ –० को गोल अन्तरले हिमालयनलाई पराजित गरेको हो ।

निक्कै नै रोमान्चित खेल भएपनी पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५ औं मिनेटमा जावलाखेलका १५ नम्बर जर्सिका ड्याडी जुनियरले पहिलो गोल गरे । उनको यो गोल नै निर्णायक बन्दै आफ्नो टिमलाई जित दिलाउन सफल बने ।

गोेल्डकपको विजेताले ६ लाख नगद र उपविजेताले ३ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी, सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*