कोरोना विरुद्ध लडन नाना पाटेकरको एक करोड

२३ चैत्र २०७६, आईतवार १९:२१
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस विरुद्ध लडन बलिउडका चर्चित अभिनेता नाना पाटेकरले एक करोड आर्थिक सहयोग गरेका छन् ।
पाटेकरले १ करोड भारतीय रुपैयाँ सहयोग गरेको भारतिय मिडियाले जनाएका छन् । उनले पीएम–सीएम रिलिफ फन्डस्मा एक करोड भारु दिएका हुन् ।
भारतिय मिडियाका अनुसार उनले रिलिफ फन्ड र पीएम रहत कोषमा ५०–५० लाख दिने घोषणा गरेका हुन् । भारतमा अहिले कोरोनाबाट संक्रमितको संख्या बढ्दै गइरहेको छ ।