कोरोना रोकथाम र नियन्त्रणको लागि रानी मुखर्जीको १ करोड ५० लाख सहयोग


बलिउडकी चर्चित अभिनेत्री रानी मुखर्जीले कोरोनाभाइरसको रोकथाम र नियन्त्रण गर्नको १ करोड ५० लाख सहयोग गरेकी छिन् ।
भारतिय मिडियाका अनुसार भारत सरकारले खडा गरेको कोरोना राहत कोषमा अभिनेत्री रानी मुखर्जीले १ करोड ५० लाख भारतीय रुपैयाँ सहयोग गरेकी हुन् ।
उनले प्रधानमन्त्री कोषमा आफ्नो कम्पनी यसराज फिल्मसको तर्फबाट उक्त रकम दिएकी हुन् ।
यस्तै यसअघि पनि बलिउडका धेरै कलाकारले सामाजिक सञ्जालमार्फत आफुले कोरोनाविरुद्धको लडाइका लागि आर्थिक सहयोग गर्ने बताइसकेका छन् ।