लकडाउनको अवज्ञा गर्दै नेपाल भित्रिएका १४ जना भारतीय पक्राउ

नेपाल भित्रिएका १४ भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउनको अवज्ञा गर्दै नेपाल भित्रिएका उनीहरुलाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको हो ।
सप्तरीको अग्निसाइर कृष्णा सावरण गाउँपालिका– ६ चाँदनी चोकस्थित चौतारामा बुधबार राति सुतिरहेको अवस्थामा स्थानीयहरुले उनीहरुलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार पक्राउ गरिएका जना सबै भारतको बिहार राज्य अन्तर्गत अररिया जिल्लाका छन् ।
पक्राउ पर्नेहरुमा २२ वर्षीय मोहम्द सलीम, १९ वर्षीय इस्तियाक, २५ वर्षीय अजरत, २५ वर्षीय गेजिस, १९ वर्षीय बारिस, २२ वर्षीय सबीर, २५ वर्षीय शोखिमान, २४ वर्षीय मुस्बिर, २५ वर्षीय मगम, २२ वर्षीय तेजाव, १९ वर्षीय सम्साद, १८ वर्षीय नासिस, २२ वर्षीय नाजिब र २४ वर्षीय साहद छन् ।











