हेटौंडामा प्रदेश स्तरीय कृषि प्रदर्शनी हुँदै

हेटौडा न्युज
१० चैत्र २०८२, मंगलवार १७:३८
;

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघ कृषि प्रवद्र्धन समितिको संयोजनमा आउँदो चैत्र १३ गतेदेखि १६ गतेसम्म हेटौंडामा बागमती प्रदेश स्तरीय कृषि प्रदर्शनी हुने भएको छ । हेटौंडा–२ स्थित पल्पसा सदनमा हुने प्रदर्शनीको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुधन पौडेलले उद्घाटन गर्ने तयारी रहेको संघले जनाएको छ । प्रदर्शनीमा मकवानपुरसहित सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौं, चितवनका कृषक तथा कृषि उद्यमीहरुको सहभागिता रहने संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले आज भएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

प्रदर्शनीका लागि निशुल्क उपलब्घ हुने ४० वटा स्टलमा कोदो, जुनेलो, फापरको पिठो तथा गेडागुडी, मह, मसला, बांसको गिलास, थर्मस, केराको चिप्स, सिमल तरुलको परिकार, अचार, बाटेको धुप, गोबरबाट निर्मित दीयो, केराको कप, म्याट, मस्यौरा, क्याण्डी, आलु, गुन्द्रुक, जुनार जुस, मल, दाना, अण्डा, गांजा अल्लोको गार्मेन्ट, तेल, केराको परिकार, च्याउ, माछा, यमरी, डेरी प्रोडक्ट, कृषि प्रविधि उपकरणको प्रदर्शनी तथा बिक्री गरिने छ ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र हेटौंडा उपमहानगरसहित आयोजक उद्योग वाणिज्य संघको आन्तरिक श्रोतबाट प्रदर्शनी हुने संघले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*