के प्रभास र अनुष्का अफेयरमा छन् ?

हेटौडा न्युज
२९ चैत्र २०७६, शनिबार २३:३६
;

एजेन्सी– बाहुबली फिल्मका दुई स्टार अनुष्का शेट्टी र प्रभासको जोडीबारे अहिले पनि बलिउडमा चर्चा भइरहेको हुन्छ । उनीहरुका फ्यानले पनि यो जोडीको विषयमा बारम्बार सोधखोज गरिरहेका हुन्छन् । रिल लाइफमा जोडी बनेका यी दुई के रियल लाइफमा पनि अफेयरमा छन् त ? 

यसबारे यी दुवैले मुख खोलेका छैनन् । दुवैले बारम्बार आफूहरु राम्रा साथी भएको बताउँदै आएका हुन्छन् । 

अब अनुष्काले एउटा अन्तर्वार्तामा भनेकी छिन्, ‘म प्रभासलाई १५ वर्षदेखि चिन्छु, उनी मेरा अत्यन्त मिल्ने साथी हुन् । हाम्रो दोस्ती कस्तो छ भने म विहान ३ बजे पनि उनलाई कल गर्न सक्छु । हामी दुवैको विवाह भएको छैन, त्यसैले पनि हामी मिल्ने साथी भएका हुनसक्छौँ ।’

अनुष्काको एक निर्देशकसँग अफेयर चलेको भन्ने केही समयअघि आएको समाचारलाई पनि उनले अस्वीकार गरेकी छिन् । उनी बाहुबलीमा देवसेनाको भूमिकामा छिन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*