चार स्टार खेलाडीहरुले पिएसजी क्लब छोड्ने, क–कस्ले छोड्ने भए ?
फ्रान्सको प्रतिष्ठित फुुटबल क्लब हो पिएसजीका चार खेलाडीहरुले क्लव छोड्ने भएका छन् । यस सिजनको अन्त्यसँगै पिएसजी क्लबका चार स्टार खेलाडीहरुले क्लब छोड्ने तयारी गरेको हो ।
नेयमार बार्सिलोना फर्कने, काभानी एट्लेटिको मड्रिड जाने त्यस्तै थियागो सिल्भाले पनि क्लब छोड्ने तयारी गरेको बताइएको छ ।
मिडिया रिपोर्ट अनुसार काइलियन एमबाप्पेलाई रियलले अनुबन्ध गर्न सक्ने सम्भावना पनि उत्तिकै बलियो रहेको छ ।
यदी यी चार स्टार खेलाडीले क्लब छोडेमा पिएसजीलाई ठुलो धक्का लाग्ने अनुमान गरिएको छ ।