कोरोनाको संत्रासबीच गरिएको विवाह विश्वभर चर्चा, २ सय अनलाईन जन्ती
विश्वभर मानिसहरु कोरोनाको कहरले घरभित्रै रहेको अवस्थामा यी जोडीले भने विवाह गरेका छन् । सामाजिक दुरी कायम गर्दै उनीहरुले गरेको विवाह विश्वभर चर्चाको विषय बनेको छ ।
अमेरिकाको टेक्सास राज्यको अस्टिन सहरमा यी जोडीले विवाह गर्दा २ सय जन्ती अनलाइन सहभागी भएका हुन् ।
यी जोडी हुन् केटलिन डिलवर्थ र इथन पोलाक । यो जोडीले आफ्नो पाहुनाहरुलाई अनलाइनमार्फत नै जानकारी दिएका थिए । करिब २ सय आफन्तजनहरु अनलाइनमा सजिएर आएका र वर बधुलाई अनलाइनमार्फत नै बधाई र आर्शिवाद दिएका थिए ।