एक अर्बभन्दा बढीले गरे टिकटक डाउनलोड

हेटौडा न्युज
३ बैशाख २०७७, बुधबार १५:१३
;

भिडियो शेयरिङ्ग प्लेटफर्म टिकटकको डाउनलोड एन्ड्रोयडमा मात्र १ अर्ब नाघेको छ । यसअघि एन्ड्रोयड र आईओएस दुबैमा गरेर भिडियो एपको डाउनलोड गत फरबरीमा १ अर्ब पुगेको थियो ।

नेपालमा पनि निकै लोकप्रिय टिकटक अहिले भने गूगल प्ले स्टोरमा मात्रै १ अर्ब डाउनलोड भएको हो ।

कोरोनाभाइरसको प्रकोप बढ्दा पछिल्लो दिनमा टिकटकको प्रयोग निकै बढेको छ । जसले गर्दा यसको डाउनलोड पनि दिनप्रतिदिन बढिरहेको छ ।

गूगल प्ले स्टोरको डाटा आएपनि एप्पलको एप स्टोरमा कति डाउनलोड पुगेको छ भन्ने जानकारी बाहिर आएको छैन् । तर हाल इन्टरटेनमेन्ट एप्सको सूचीमा टिकटक चौथो स्थानमा छ ।

टिकटकले यसअघि ह्वाट्सएप र फेसबुकको डाउनलोडलाई पनि पछि पार्दै विश्वभर सबैभन्दा धेरै डाउनलोड हुने एप भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*