कोरोनाको कहरः  रक्तसञ्चार रोकिएपछि अभिनेता निकको खुट्टा काटियो 

हेटौडा न्युज
८ बैशाख २०७७, सोमबार २१:५०
;

कोरोना भाईरससँग लडिरहेका अभिनेता निक कोर्डेरोको दायाँ खुट्टा काटिएको छ । उनी विगत २ सातादेखि कोरोना भाइरसँग लडिरहेका छन् । 

कोरोनाभाइरसले स्वास्थ्यमा जटिलता आएपछि उपचारका लागि उनको दाँया खुट्टा काटिएको र अहिले उनको स्वास्थ्य अवस्था ठिक भएको बताइएको छ ।

निककी श्रीमती अमान्डाका अनुसार निकलाई अस्पताल भर्ना गराएको केही समयपछि उनको दाहिने खुट्टामा रगत जम्मा हुने समस्या देखिन थालेको थियो । जसका कारण दायाँ खुट्टाको औंलाहरूसम्म रगत प्रवाह हुन सकेन । 

त्यसपछि निकलाई दायाँ खुट्टाको औंलाहरूसम्म रगत प्रवाह गराउने औषधि दिइयो । तर ती औषधिका कारण उनको रक्तस्रावमा असर गर्न थाल्यो र परिणाम स्वरूप उनको आन्द्राभित्र रक्तस्राव हुन थाल्यो । 

यस्तो जटिलसमस्या देखिन थालेपछि उनको दायाँ खुट्टा नै काटेर फ्याक्नु परेको हो ।

टोनी अवार्ड मनोनित निककी श्रीमती अमान्डा क्लाट्सले इन्स्टाग्राममार्फत् दर्शकलाई निकको स्वास्थ्य अवस्थाको जानकारी दिइरहेकी छन् ।

शनिबार खुट्टाको सफल शल्यक्रियापछि बेहोसीमै भएका निकको स्वास्थ्यअवस्थाबारे जानकारी दिँदै अमान्डाले इन्स्टाग्राममा लेखिन्, “उसले शल्यक्रियालाई जितेको छ, अहिले उसको शरीर निकै कमजोर छ, यो स्वाभाविक पनि हो किनभने शल्यक्रिया वास्तवमै ठूलो थियो । आशा छ अहिले ऊ आराम महसुुस गरिरहेको छ ।”

अभिनेता निकलाई लस एन्जलसस्थित एक अस्पतालमा राखिएको छ ।

निकको अस्पताल खर्च र डिस्चार्जपछि ह्विल चेयरको व्यवस्था गरिदिनका लागि निक दम्पतीका साथीहरूले ‘गोफन्डमि’ नामक अभियान सञ्चालनमा ल्याएका छन् । सीएनएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*