बलिउडका अभिनेता ऋषि कपुर अस्पताल भर्ना

हेटौडा न्युज
१८ बैशाख २०७७, बिहीबार १४:११
;

क्यान्सरबाट पीडित बलिउडका चर्चित अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको छ । ६७ वर्षीय ऋषि कपुरलाई बुधबार अस्पताल भर्ना गरिएको उनका भाइ रणधीर कपुरले जानकारी दिएका छन् ।

रणधीरले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारी अनुसार ऋषि कपुरलाई क्यान्सर र स्वास प्रश्वास सम्बन्धी समस्या छ । अहिले उनको स्वास्थ्य स्थीर रहेको रणधीरले जानकारी दिएका छन् ।

अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*