अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन, भारतीय सिनेमा उद्योगसंगको सम्बन्ध

हेटौडा न्युज
१८ बैशाख २०७७, बिहीबार २०:२३
;

६७ वर्षको उमेरमा भारतका एक प्रख्यात अभिनेता ऋषि कपूरको बिहीवार बिहान निधन भएको छ। मङ्गलवार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो।

ऋषि कपूरका दाइ रणधीर कपूरले उनको निधन बताएका छन्। बुधवार भारतमा क्यान्सरसँग जुधिरहेका अर्का प्रख्यात अभिनेता इरफान खानको निधन भएको थियो। फेब्रुअरीमा पनि ऋषि कपूरलाई दुईपटक अस्पताल भर्ना गरिएको थियो। 

ऋषि कपूर कलाकार राज कपूरका दोस्रो सन्तान हुन्। रणधीर कपूर, ऋतु नंदा, रिमा जैन र राजीव कपूर ऋषि कपूरका दाजुभाइ र दिदीबहिनी हुन्। ऋषि कपूरले आफ्नो फिल्मी करिअरको शुरूवात १९७३ मा बबी फिल्बाट गरेका थिए। यसबाहेक उनी बाल कलाकारको रूपमा श्री ४२० र मेरा नाम जोकर मा पनि देखिएका थिए।

ऋषि कपूरले इमरान हाशमीसँग अन्तिम फिल्म द बडीमा काम गरेका थिए। उनले आफ्नो अर्को फिल्म दीपिका पादुकोणसँग हुने घोषणा गरेका थिए। यो फिल्म हलिउड फिल्म द इन्टर्नको रिमेक हो। 

कुन रोगसँग लडिरहेका थिए ऋषि कपूर

ऋषि कपूर विगत दुइ वर्षदेखि क्यान्सरसँग लडाइ गरिरहेका थिए। 

सन् २०१८ मा ऋषि कपूर क्यान्सरको उपचारका लागि अमेरिकाको न्यूयोर्क गएका थिए। त्यहाँ थुप्रै महिना उपचार गरेपछि उनी भारत फर्केका थिए। भारत फर्किसकेपछि पनि उनी पटक पटक अस्पताल गइरहेका थिए।

ऋषि कपूरका नजिकका मित्र प्रख्यात भारतीय अभिनेता अमिताभ वच्चनले ट्वीटमा भनेका छन्, ऋषि कपूर रहेनन्। उनले अलविदा भने। यो असैह्य छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*