कोरोना संक्रमितलाई रेमडेसिभिरले फाईदा गर्यो, १५ लाख सिसि उत्पादन हुँदै 

हेटौडा न्युज
२० बैशाख २०७७, शनिबार १८:४६
;

पछिल्लो समय कोरोना संक्रमणले बिश्वभर चुनौति आएको छ । यस संक्रममणबाट जोगाउन कोरोनाको बिरुद्धमा विभिन्न खोज अुसान्धान भईरहेको पनि छ । पछिल्लो समय अमेरिकाका बैज्ञानिकहरुले कोरोनाको विरुद्धमा रेमडेसिभिरलेराम्रो काम गरेको पत्ता लगाएका छन् ।

यस औषधिले कोरोना संक्रमितहरुलाई छिट्टै निको भएपछि अमेरिकी सरकारले रेमडेसिभिर औषधिको प्रयोग गर्न अनुमति दिएको छ । रेमडेसिभिरलाई हिजो शुक्रबार खाद्य तथा औषधि मन्त्रालय (एफडीए) ले आपतकालीन प्रयोगका लागि पनि अनुमति दिएको छ । मन्त्रालयले गिलेड कम्पनीलाई उत्पादन गर्न अनुमति दिएको छ । 

सो मेडिसिन अमेरिकाको करीब १ हजार जना संक्रमितमा परीक्षण गरिएको थियो । परीक्षणको क्रममा रेमडेसिभिर प्रयोग गरेकाहरु अन्य परीक्षण नगरिएका भन्दा ५ दिन अघि नै निको भएपछि अमेरिकी सरकारले सो मेडिसिन प्रयोग र उत्पादन गर्न अनुमति दिएको हो । गिलेड कम्पनीले अब १५ लाख सिसी रेमडेसिभिर उत्पादन गर्ने छ । 

कोरोना भाइरसको औषधि र यसको खोप आउन एक वर्षभन्दा बढी लाग्न सक्ने बताईएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*