हेटौँडा अस्पतालमा मुटुरोग सम्बन्धी उपचार सेवा सुरु

डेढ वर्षदेखि थन्किएको उपकरण प्रयोगमा आउने
हेटौडा न्युज
२७ फाल्गुन २०८१, मंगलवार २०:१७
;

मकवानपुर/चिकित्सकको अभावमा डेढ वर्षदेखि हेटौँडा अस्पतालमा थन्किएर रहेका मुटु रोग सम्बन्धी उपकरण प्रयोगमा आउने भएको छ । मङ्गलबार एक कार्यक्रमका बीच हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी उपचार सेवा विस्तार गरिएसँगै उपकरण प्रयोगमा आउने भएको हो ।

अस्पतालमा मुटुसम्बन्धी सेवा विस्तारका लागि पटकपटक विशेषज्ञ चिकित्सकको आवेदन खुलाउँदा पनि चिकित्सकहरूले बेवास्ता गर्दै आएका थिए । शिक्षण अस्पतालमा छात्रवृत्ति कोटामा अध्ययन गरेका मुटु रोग विशेषज्ञ डा. विकेश श्रेष्ठलाई सेवाका लागि सरकारले दुई वर्षका लागि हेटौँडा अस्पतालमा खटाएपछि सेवा विस्तार सम्भव भएको हो । यसअघि रोटरी क्लब अफ मकवानपुरले मुटु रोगको उपचारमा प्रयोग हुने १ करोड रुपैयाँको उपकरण अस्पताललाई हस्तान्तरण गरे पनि चिकित्सकको अभावमा सेवा सुरु हुन सकेको थिएन ।

मङ्गलबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अस्पतालमा सो सेवाको उद्घाटन गरेका छन् । तत्कालका लागि बहिरंग सेवा मार्फत् मुटु रोग सम्बन्धी उपचार सेवाको थालनी गर्ने अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*