हलिउडमा प्रवेश गर्दै दुई नेपाली नायिका

चलचित्र उद्योगमा निकै रुचाइएका नायिका स्वस्तिमा खड्का र केकी अधिकारीले अमेरिकन चलचित्रमा अभिनय गर्ने भएकी छन् । अहिलेसम्म नाम सार्वजनिक नगरिएको अमेरिकी चलचित्रका लागि उनीहरू आधिकारिक रूपमा अनुबन्धित भइसकेका छन् ।
लक डाउन सुरु हुनुभन्दा अघि नै अडिसनमार्फत उनीहरूलाई छनोट गरिएको हो । केही समयअगाडि नेपाल आएको फिल्मको टिमले अडिसनबाट स्वस्तिमा र केकीलाई छनोट गरेको हो । यो फिल्मका लागि अन्य केही नायिकाले पनि अडिसन दिएका थिए तर उनीहरूको नाम गोप्य राखिएको छ ।
स्वस्तिमा र केकीले आफ्नो क्षमता प्रदर्शन गरेर यो भूमिका पाएको बताइएको छ। फिल्मको मुख्य भूमिकामा स्वस्तिमा हुनेछिन् भने उनकी दिदीको भूमिकामा केकी रहने बताइएको छ । यी दुईबाहेक अन्य कलाकार भने अमेरिकी नै हुने छन्।
स्रोतका अनुसार चलचित्रको मुख्य भूमिकामा स्वस्तिमा छिन् भने उनको दिदीको भूमिकामा केकी छिन् ।