पाँच स्पेनिस खेलाडीमा कोरोना संक्रमण 

हेटौडा न्युज
२६ बैशाख २०७७, शुक्रबार २२:४८
;

पाँच जना स्पेनिस खेलाडीमा कोरोनाको संक्रमण देखिएको छ । फुटबल सुचारु गर्ने लक्ष्यसहित स्पेनिस लिगको खेलाडीहरुमा गरिएको  कोरोना परिक्षणमा पाँच खेलाडीलाई कोरोना संक्रमण देखिएको हो । 

आरएसी१ का अनुसार ला लिगाका ३ र दोस्रो श्रेणी लिगका २ खेलाडीमा संक्रमण पक्का भएको हो । खेलाडीमा नै संक्रमण देखिएपछि लिग चाडै सुचारु हुने सम्भावना भने केहि कम भएको छ । 

अझै पनि केहि टोलीहरुको कोरोना परिक्षण बाँकी रहेको अवस्थामा ला लिगाले सबै परिक्षण सकिएपछि मात्र विज्ञप्ती जारी गर्ने जनाएको छ । 

आरएसी१ ले खेलाडीको नाम सार्वजनिक नगरेपनि बार्सिलोनाका कुनै खेलाडीलाई कोरोना संक्रमण नभएको भने पक्का गरेको छ । बार्सिलोनाका खेलाडीहरु सबैको परिक्षण नेगेटिभ आएपछि क्लबले शुक्रबारदेखि प्रशिक्षण थाल्ने भएको छ । यसअघि भ्यालेन्सियाका पाँच खेलाडीमा संक्रमण देखिएपनि उनीहरु ठिक भइसकेका छन् ।

ला लिगाले खेलाडीसँगै प्रशिक्षण टोली र खेलाडीसँग सम्पर्कमा आउने हरेक अफिसियलको कोरोना परिक्षण गर्नेछ । सरकारले त्यसपछि मात्र खेल आयोजनाका लागि स्वीकृति दिनेबारे निर्णय गर्ने जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*