अमेरिकन आइडलको टप ७ मा दिवेश पोखरेल

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा पर्न सफल भएका छन् । पछिल्लो छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै पोखरेल उत्कृष्ट सात मा छनौट भएका हुन् ।
आइतबारको प्रस्तुतीमा उनले डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए । अमेरिकन आइडलको टप ७ सम्म पुग्ने पोखरेल पहिलो नेपाली हुन् ।
अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको शुरुदेखि नै उनले राम्रो प्रस्तुती दिंदै आएका थिए ।
सन् २०१३ देखि अमेरिकामा बस्दै आएका पोखरेलले नेपाली र अङ्ग्रेजी गीत गाउँदै आएका छन् । ‘अर्थर गन’को उपनामबाट परिचित दिवेशले अमेरिकन आइडलको अडिसनदेखि टप ७ सम्म आइपुग्दा हरेक प्रस्तुतीमा जजबाट निकै राम्रो प्रतिक्रिया पाईरहेका छन् ।