इंग्ल्याण्डमा कोरोनाका कारण रोकिएका खेलहरु जुन १ सम्म सुरु नहुने 

हेटौडा न्युज
३० बैशाख २०७७, मंगलवार १३:४७
;

बेलायत सरकारले आगामी जुन १ सम्म कुनै पनि व्यवसायिक खेल गतिविधिहरु बन्द रंगशालामा पनि गर्न नदिने घोषणा गरेको छ । इंग्ल्याण्डमा कोरोना भाइरसका कारण रोकिएका खेलहरु आगामी जुन १ सम्म सुरु नहुने भएको हो । 

बेलायत सरकारले लकडाउन खुकुलो बनाउने सम्बन्धी विस्तृत विवरणसहितको ५० पृष्ठको योजना सोमबार सार्वजनिक गरेको हो । त्यसमा बन्द रंगशालामै पनि चाँडोमा जुन १ सम्म कुनै पनि खेलकुद गतिविधि सञ्चालन गर्न नपाइने उल्लेख छ ।

जुन १ पछि भने सांस्कृतिक तथा खेलकुद गतिविधिहरु टेलिभिजनमा प्रशारण गर्नका लागि बन्द रंगशालामा गर्न दिइने उल्लेख छ । त्यसका लागि सुरक्षात्मक उपायहरु अनिवार्य रुपमा अपनाइएको हुनु पर्छ ।

त्यसपछिको अवस्थाबारे भने पछि निर्णय गरिने उल्लेख छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत यो सिजनका ९२ खेलहरु बाँकी छन् । मार्च १३ देखि रोकिएका खेलहरु सुरु गर्ने योजनाबारे क्लबहरुले छलफल गरिरहेका छन् । तर स्पष्ट सहमति भने जुटेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*