रामदेवले बनाए कोरोनाको औषधि, शतप्रतिशत सफल भएको दाबी

भारतका चर्चित योगगुरू रामदेवले कोरोना भाइरस (कोभिड१९) विरुद्धको आयुर्वेदिक औषधि बनाएको दाबी गरेका छन् ।आज पतञ्जली आश्रममा एक कार्यक्रम गरी सो जानकारी दिईएको हो ।
पतञ्जलीले कोरोनिल नामको औषधि तयार गरेको दाबी सहित सार्वजनिक गरेको छ । औषधि निर्माण कम्पनीले यो औषधिले शतप्रतिशत कोरोनाका बिरामी निको हुने कम्पनीको दाबी गरेको छ ।
सो औषधि दिल्लमिा रहेका करीब ३ सय कोरोना संक्रमितहरुमा प्रयोग गर्दा सबै निको भएको बताईरहेको छ । ‘पतञ्जली रिसर्च सेन्टर र नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेजले संयुक्त रुपमा औषधि तयार गरेको हो ।
पतञ्जलीका अनुसार कोरोना संक्रमितले सो औषधि १ साता सम्म सेवन गरेमा पूर्णरुपमा निको हुने दाबी गरेको छ ।