भारतमा एकैदिन करीब २५ हजारमा कोरोना पुष्टि

हेटौडा न्युज
२१ असार २०७७, आईतवार १२:५७
;

भारत । छिमेकी मुलुक भारतमा एकैदिन करीब थप २५ हजार व्यक्तिमा कोरोना भाईरस पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसबाट २४ हजार ८ सय ५० जनामा थप संक्रमण देखिएको जनाएको छ ।

भारतमा हालसम्म कोरोना भाइरसबाट १९ हजार २ सय ६८ जनाले ज्यान गुमाईसकेका छन भने, ६ लाख ७३ हजार १ सय ६५ जनामा संक्रमण देखिईसकेको जनाएको छ । भारतको महाराष्ट्र प्रदेशमा मात्रै दुई लाखभन्दा बढी संक्रमित रहेका छन् । भारतको महाराष्ट्र प्रान्त अहिलेसम्मको अवस्थामा बढी संक्रमित रहेका छन् ।

भारतमा करीब ४ लाखभन्दा बढी व्यक्ति कोरोना भाईरसको संक्रमणबाट निको
भईसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*