नेपालीको स्वदेश फिर्ती आजदेखि एक हप्ता हुने

हेटौडा न्युज
३१ असार २०७७, बुधबार ०८:१०
;

सरकारले फेरि उद्धार उडान सुरु गरेको छ । झण्डै एक महिना लगातार भएका उद्धार उडानहरु दुई दिन स्थगित गरेको सरकारले नेपालीको स्वदेश फिर्ती आजदेखि सुरु गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यसअघि उडानको समिक्षा गर्न भन्दै दुई दिन उडान स्थगित गरिएको थियो ।

आजदेखि साउन ६ गतेसम्म एक हप्ताका लागि उद्धार उडान तालिका सार्वजनिक भएको छ । पर्यटन मन्त्रालयका अनुसार यो हप्तामा विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि विभिन्न देशबाट ४२ उडान हुनेछन् । आजै नेपाली ल्याउन, लिन जान र कार्गो गरी ६ अन्तर्राष्ट्रिय उडान हुने भएका छन् ।

नयाँ तालिकाअनुसार यूएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मलेसिया लगायतका ठाउँबाट त्यहाँ समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् ।

साउन ६ पछि भने अहिलेकै प्रक्रिया अनुसार उडान गर्ने या नयाँ तरिकाले अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*