सुशान्तकी प्रेमिकालाई बलात्कार र हत्याको धम्की

सुशान्त सिंहको मृत्युपश्चात उनकी प्रेमिका रियाा चक्रवर्तीले विभिन्न प्रकारको गालीगलौजा र धम्की पाइरहेकी छिन् । रियाले एउटा यस्तो मेसेजको स्क्रिनसट सोसल मिडियामा पोस्ट गरेकी छिन् जसमा उनलाई बलात्कार र हत्या गरिदिने धम्की दिइएको छ ।
मलाई हत्यारा भनियो तर पनि म चुप बसेँः
रियाले स्क्रिनसट सेयर गर्दै लेखेकी छिन्, ‘मलाई गोल्ड डिगर (पैसाका लागि कसैलाई पनि फसाउने) भनियो…म चुप बसेँ । मलाई हत्यारा भनियो…म चुप बसेँ…मेरो चरित्रमाथि औंला उठाइयो तर पनि म चुप बसेँ . तर म चुप बस्दा तिमीले मलाई मैले आत्महत्या नगरेको खण्डमा मेरो बलात्कार र हत्या गराइदिने भन्ने अधिकार तिमीलाई कसले दियो रु तिमीले जे भनिरहेकी छौं, त्यसको गम्भीरताबारे अलिकति पनि महसुस भएको छ रु यो अपराध हो र काूननी रुपमा कसैलाई पनि यसरी प्रताडित गरिनु हुँदैन ।’
सुशान्तको आत्महत्याको विषयमा रियासँग प्रहरीले ११ घण्टासम्म सोधपुछ गरेको थियो ।