ऐश्वर्या र आराध्या अस्पतालबाट डिस्चार्ज

काठमाडौँ। बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कोरोनाभाइरसको परीक्षणको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि उनीहरु अस्पतालबाट डिस्चार्ज भएका भारतीय संचार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।
सामाजिक संजाल ट्वीट गर्दै अभिषेक बच्चनले आफ्नो श्रीमती ऐश्वर्या र र छोरी आराध्याको कोरोना परिक्षणको रिपोर्ट नेगटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको जानकारी दिएका हुन् । तर, अमिताभ र अभिषेक भने अझैपनि अस्पतालमै छन् ।