पीएसजीलाई फ्रेन्च लिग कप फुटबलको उपाधि
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कप फुटबलको उपाधि हात पारेको छ ।
गएराति लियोनलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले लिग कपको उपाधि जितेको हो ।
सुरुवातको १० वटा पेनाल्टी गोलमा परिणत भएपछि पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए ।
पीएसजीका पाब्लो सरबियाले गोल गर्दै पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले थिए ।
गएको शुक्रबार पीएसजीले सेन्ट इटिएनलाई १–० ले हराउँदै फ्रेन्च कपको उपाधि पनि जितेको थियो ।
पीएसजीले यसअघिनै सुपर कप, फ्रेन्च कप र लिग वानको उपाधि जितेको थियो।











