दोस्रो पटक आमा बन्दै करीना

काठमाडौं । बलिउड अभिनेत्री करीना कपूर खान दोश्रो पटक आमा बन्ने भएकी छिन् ।
बुधवार सैफ र करीनाले आधिकारीक रुपमा यसको अनाउन्समेण्ट गरेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।
अनाउन्समेन्टपछि उनीहरुलाई बधाईको ओहिरो आउन शुरु भएको छ ।
करीनाकी बहिनी र ऋषी कपूरकी छोरी ऋद्धिमाले पनि सामाजिक सञ्जालमा बधाई दिएका छन् ।
साथै अनिल कपूरकी छोरी रियाले पनि उनीहरुलाई बधाई दिएका छन् ।