२५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पिएसजी

हेटौडा न्युज
२९ श्रावण २०७७, बिहीबार १३:३७
;

लन्डन । फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) युएफा च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुग्न सफल भएको छ ।

इटालीको एटलान्टालाई पराजित गरेर २५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको हो ।

पोर्चुगलको लिस्बनमा गएराति भएको क्वाटरफाइनल खेलमा पिएसजीले एटलान्टालाई २–१ ले पराजित गर्यो ।

पराजयको निकट पुगेको पिएसजीले अन्तिम ३ मिनेटमा २ गोल गर्दै परिणाम उल्टायो ।

च्याम्पियन्स लिगको दोस्रो क्वाटरफाईनल खेलमा आज राती जर्मनीको आरबी लेप्जिङ र स्पेनको एथ्लेटिको मड्रिड भिड्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*