पाँच हजार मिटर १२ मिनेटमै दौडिएर जोसुवाले बनाए विश्व कीर्तिमान

हेटौडा न्युज
३१ श्रावण २०७७, शनिबार १३:३८
;

काठमाडौं । युगान्डाका धावन जोसुवा चेप्टेगेईले पाँच हजार मिटर दौडमा नयाँ विश्व कीर्तिमान बनाएका छन् ।

२३ वर्षीय जोसुवाले १२ मिनेट ३५.३६ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै आफ्नो नाममा कीर्तिमान लेखाएका हुन् । उनले करिब २ सेकेण्डले कीर्तिमान आफ्नो बनाएका हुन् ।

फ्रान्सको मोनाकोमा शुक्रबार आयोजना भएको डाइमण्ड लिगमा जोसुवाले १६ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् ।

यसअघि इथिओपियाका केनेनिसा बेकेलेले पाँच हजार मिटर १२ मिनेट ३७.३५ सेकेन्डको कीर्तिमान राखेका थिए । इथिओपिउन लेजेण्डले सन् २००४ मा उक्त कीर्तिमान बनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*