च्याम्पियन्स लिगः बायर्न म्युनिख र पिएसजी भिड्दै

हेटौडा न्युज
७ भाद्र २०७७, आईतवार ११:५२
;

काठमाडौं । च्याम्पियन्स लिग उपाधिका लागी जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) एक अर्काको सामना गर्दैछन् ।

खेल नेपाली समयअनुसार आइतबार राति पौने १ बजे पोर्चुगलको स्टाडियो डा लुजमा हुनेछ ।

हालसम्म यी दुई बीच आठ खेलमा प्रतिस्पर्धा भएको छ । पिएसजीले ५ खेल आफ्नो पक्षमा पार्दा बायर्ननले ३ खेल आफ्नो पक्षमा पारेको छ ।

बायर्नले हालसम्म ५ पटक च्याम्पियन्स लिग उपाधि हात पार्दा पिएसजी पहिलो उपाधिको खोजीमा छ ।

पिएसजीले जर्मन क्लब लाइप्जिग तथा बायर्नले फ्रेन्च क्लब लियोनलाई समान ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*