हारेको झोंकमा आगजनी, पिएसजीका १ सय ४८ समर्थक पक्राउ

हेटौडा न्युज
८ भाद्र २०७७, सोमबार १४:३८
;

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पराजित भएपछि आगजनी गर्ने पेरिस सेन्ट जर्मेन (पिएसजी) का दर्जनौ समर्थक प्रकाउ परेका छन् ।

आफ्नो टिम फाइनलमा पराजित भएपछि समर्थकहरुले पसलमा पनि तोडफोड गरेको बताइएको छ । आगजनी तथा तोडफोडमा उत्रिएपछि प्रहरीसँग समर्थकको झडप भएको र प्रहरीले १ सय ४८ जना पक्राउ परेका छ ।

आइतबार राति पोर्चुगलको लिम्बनमा जर्मन क्लब वायर्न म्युनिखविरुद्धको फाइनलमा १–० ले पराजित लगत्तै पेरिसको पार्स डेस प्रिन्सेसमा जम्मा भएका पिएसजीका समर्थकले कारमा आगजनी र तोडफोडमा उत्रिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*