सुशान्तको घरमा खाना पकाउने नेपाली कामदारको यस्तो बयान, अब हुन्छ रियाको भाग्यको फैसला !

हेटौडा न्युज
१६ भाद्र २०७७, मंगलवार १३:२१
;

काठमाडौं । बलिउडका युवा अभिनेता सुशान्त सिंह राजपूतको घरमा तीन वर्ष खाना पकाउने कर्मचारीको रूपमा कार्यरत अशोक खासूले महत्वपूर्ण बयान दिएका छन् । उनले आफू कार्यरत रहँदा सुशान्तले ड्रग्स प्रयोग नगरेको स्पष्ट पारेका छन् ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले केही दिनअघि एक भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सुशान्तले नियमित रूपमा ड्रग्स लिने गरेको आरोप लगाएकी थिइन । उनले ड्’रग्सको मात्रा कम गर्न आफूले आग्रह गरेको दावी गरेकी थिइन ।

रियालाई सुशान्तको आत्महत्या प्रकरणमा प्रमुख आरोपीको रूपमा हेरिएको छ । नेपाली कामदार अशोकले भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘म सन् २०१६ देखि २०१९ को अक्टुबरसम्म सुशान्तको घरमा कामदार थिए । यो अवधिमा उनले कहिल्यै ड्रग्स लिएको देखिन । सुशान्त डि’प्रेसनमा पनि थिएनन।’ रियाले सुशान्तमाथि गम्भीर आरोप लगाउँदै उनी २०१३ देखि नै डिप्रेसनमा भएको आरोप लगाएकी थिइन् । अशोकले गत अप्रिलमा रिया चक्रवर्ती सुशान्तको घरमा प्रवेश गरेको बताए ।

उनले युरोपको भ्रमणबाट फर्किएपछि सुशान्तको स्वास्थ्य बिग्रिएको बताएका छन् । युरोप भ्रमणमा सुशान्त, रिया र रियाका भाई सौविक चक्रवर्ती गएका थिए । युरोप भ्रमणबाट फर्किएपछि रियाले नै आफूलाई जागिरबाट निकालेको अशोकको भनाई छ । अशोकले सन् २०१९ को डिसेम्बरमा सुशान्तको दिदी मितु र प्रियंका मुम्बईमा भेट्न आउँदा फोनबाट उनी व्यस्त भएको र भेट्न नसक्ने जानकारी दिएको पनि बताए । सुशान्तको फोनबाट प्रियाले यो कुरा भनेको उनको अर्को कामदारले बताएका थिए । सुशान्तसँग अर्का एक नेपाली अंकित आचार्य पनि काम गर्थे ।

उनलाई पनि रियाले कामबाट निकालेका थिए । अंकितले बिएल नेपाली सेवालाई दिएको अन्तर्वार्तामा सुशान्तको आत्महत्या नभएर हत्या गरिएको दावी पहिलेदेखि नै लगाउँदै आएका छन् । सुशान्तको निधन १४ जुुनमा भएको थियो। मुम्बई प्रहरीले लगाएर आत्महत्या गरेको दावी गरेपनि अंकितले उनको कुकुरको बेल्टले घाँ’टी थि’चेर मा’रि’एको बताउँदै आइरहेका छन् । बीएल नेपाली सेवा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*