गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई बागमती प्रदेशको ३ करोड

मकवानपुर । बागमती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुश सुन्तली फाउन्डेसनलाई ३ करोड दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको सशर्त अनुदानका रुपमा आर्थिक वर्ष २०७७÷०७८ का लागि अनुदान रकम दिन लागको हो ।
कोरोनाको महामारीमा पनि निरन्तर निर्माण कार्य गरीरहेको भन्दै काम सुचारु गर्न सहज होस भन्ने उदेश्यका साथ सहयोग गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले बताएका छन् ।