प्रशिक्षक अल्मुताइरीको समर्थनमा हेटौंडामा प्रदर्शन
मकवानपुर । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको समर्थनमा मकवानपुरका फुटबल क्लबहरुले हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेका छन् ।
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मानसिक दबाबको कारण राजिनामा दिएको भन्दै मानसिक दबाब मुक्तको लागि सामुहिक शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको मकवानपुरका फुटबल क्लबहरुले जनाएका छन् ।
प्रदर्शनमा फुटबल क्लबका खेलाडीहरु र खेल प्रेमीहरुको सहभागिता रहेको थियो ।











