प्रशिक्षक अल्मुताइरीको समर्थनमा हेटौंडामा प्रदर्शन

हेटौडा न्युज
११ श्रावण २०७८, सोमबार १६:५३
;

मकवानपुर । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको समर्थनमा मकवानपुरका फुटबल क्लबहरुले हेटौंडाको बुद्धचोकमा  प्रदर्शन गरेका छन् ।

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मानसिक दबाबको कारण राजिनामा दिएको भन्दै मानसिक दबाब मुक्तको लागि सामुहिक शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको मकवानपुरका फुटबल क्लबहरुले जनाएका छन् ।

प्रदर्शनमा फुटबल क्लबका खेलाडीहरु र खेल प्रेमीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*