बागमती प्रदेश सरकार गठनका लागि आह्वान

हेटौडा न्युज
२१ पुष २०७९, बिहीबार १३:०६
;

बागमती प्रदेश प्रमुख शर्माद्वारा २५ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

हेटौंडा । बागमती प्रदेश सरकार गठनका लागि आह्वान भएको छ । बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ अनुसार २५ पुसको अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेशमा नयाँ सरकार गठनको लागि दावी पेश गर्न प्रदेश प्रमुखले दलहरुलाई आह्वान गरेको प्रदेश प्रमुख कार्यालय हेटौंडाका प्रवक्ता प्रकाश चापागाईंले बताए ।

आज प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सरकारको गठनको लागि नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलको प्रष्ट बहुमत नभएको उल्लेख गरेका छन् ।

प्रष्ट बहुमत नहुँदा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नको लागि पुस २५ गते सोमबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान भएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चापागाईंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*