चौघडामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

हेटौडा न्युज
२० जेष्ठ २०७७, मंगलवार १८:०१

मकवानपुर । हेटौंडाको चौघडामा ट्रकको ठक्करबाट एक जना मृत्यु भएको छ । कान्ति लोकपथ अन्तर्गतको हेटौंडा–६ चौघडामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जना गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्युे हुनेमा हेटौंडा–६ का श्यामफुल बलामी रहेको प्रहरीले जनाएको छ । चुच्चेखोलाबाट हेटौंडा तर्फ आउँदै गरेको बा २ क  ७११० नम्बरको ट्रकले सोहि दिशाबाट आउदै गरेको अनटेस्ट स्कुटरलाइ ठक्कर दिँदा स्कुटर चालक घाइते भएका बलामीको हेटौंडा अस्पतालमा उपचारका क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको मकवानपुर प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*