बागमती प्रदेशका दुई विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले प्रदेशसभाबाट पारित भई आएका दुई विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुख प्रसाईले नेपालको संविधानको धारा २०१ को उपधारा २ को अधिकार प्रयोग गरी प्रदेश सभाबाट पारित भई आएको ती दुई विधेयकलाई आज प्रमाणिकरण गरेको बागमती प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।
आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७७ र वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ रहेको तामाङ बताए ।
प्रदेशसभाको बैठकले यही साउन ५ र ६ गते ती विधेयक पारित गरेको थियो ।











