मकवानपुरका ६८ जनपथ र ८ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि

हेटौडा न्युज
२६ भाद्र २०७७, शुक्रबार १२:३९
;

मकवानपुर । मकवानपुरमा कार्यरत ६८ जना जनपथ प्रहरीमा कोराना संक्रमण पुष्टि भएको छ । मकवानपुरका जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी, इलाका प्रहरी, गढ र प्रदेश प्रहरी कार्यालयमा कार्यरत ६८ जनामा कोराना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फिल्डमा खटिएका प्रहरीमा बढी संक्रमण देखिएको हो ।

यसैगरी विहिबार एकै दिन हेटौंडा औद्योगिक क्षेत्रमा रहेका ८ जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको छ ।

जनपथ प्रहरीमा कार्यरत ३३ जना संक्रमित प्रहरी उपचारपछि डिस्चार्ज भएका छन् भने अरु ३५ जना प्रहरी उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*