च्याम्पियन्स लिग : आज युभेन्टस र बार्सिलोना भिड्दै 

हेटौडा न्युज
२३ मंसिर २०७७, मंगलवार ०९:३६
;

मकवानपुर । युएफा च्याम्पियन्स लिगमा आज युरोपका दुई महारथी फुटबल क्लबहरु आमनेसामने हुदैँ छन् । विश्व फुटबलका दुई प्रमुख सफल प्रतिश्पर्धी खेलाडीबिचको भिडन्तको रुपमा समेत लिईने खेल आज राति स्पेनमा हुदैँ छ ।

लियोनल मेस्सी सम्मिलित क्याटलान क्लब बार्सिलोना र क्रिष्टियानो रोनाल्डो सम्मिलित ईटालियन क्लब युभेन्टस बिच बुधवार बिहान पौने १ बजे प्रतिश्पर्धा हुन लागेको हो । स्पेनमा रहदाँ ला लिगामा ईल क्लासिकोमा देखिएको प्रतिश्पर्धालाई पुर्न ताजगी मिल्ने विश्वास समेत यो खेलबाट लिईएको छ ।

क्रिष्टियानो रोनाल्डोले स्पेन छोडेपछि पहिलो पटक मेस्सी र रोनाल्डो एक आपसमा आमनेसामने हुने भएका हुन् । समुह चरणमा एकै समुहमा दुबै टोलि परेपछि दर्शकहरु यि टिमहरुको खेललाई लिएर निकै उत्साहित समेत बनेका छन् ।

यसअघि समुह चरणको पहिलो खेलमा बार्सिलोनाले युभेन्टसलाई उसकै घरमा २– ० गोलअन्तरले पराजित गरेको थियो । सो खेलमा रोनाल्डो अनुपश्थित रहेका थिए । कोभिड संक्रमण देखीएपछि उनले सो प्रतिष्ठित खेल गुमाएका थिए ।

आज हुन लागेको प्रतिश्पर्धामा भने रोनाल्डो सहभागी हुने भएकाले खेल थप रोमान्चक हुने अपेक्षा दर्शकको छ भने युभेन्टसले आफ्नो घरमा ब्यहोरेको हारको बदला लिने मौका रहेको छ ।

च्याम्पियन्स लिगको समुह चरणको खेलहरुमा अपराजित रहेको बार्सिलोनाको अपराजित यात्रा कायमनै राख्ने अवसर आजको खेलमा छ भने युभेन्टसलाई बार्सिलोनाकै घरमा बार्सिलोनाको अपराजित यात्रा रोक्दै अगिल्लो हारको बदला लिने अवसर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*