विजय युथ हेटौंडा गोल्डकप माघमा

हेटौडा न्युज
९ पुष २०७७, बिहीबार १३:३३
;

मकवानपुर । हेटौंडाको एफसी विजय युथ क्लबले फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । एफसी विजय युथ क्लबले आगामी माघ महिनामा एफसी विजय युथ हेटौंडा गोल्डकपको आयोजना गर्न लागेको हो ।

बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै युथ क्लब हेटौंडाले माघ २२ गतेबाट प्रतियोगिताको आयोजना गर्ने जनाएको छ ।

प्रतियोगिता हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदान हुने हेटौंडा गोल्डकप प्रतियोगितामा मोफासलका दश टोलीको सहभागिता रहने जनाइएको छ ।

प्रतियोगितामा आयोजक र मकवानपुर ११ सहित बागमती प्रदेश र प्रदेश नम्बर २ का १० टिमको सहभागिता रहने छन् ।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक एफसी विजय युथका अध्यक्ष सुदीप राजबाहकले बताए । उनका अनुसार विधागतरुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकलाई जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा पर्सा जिल्लाको वीरगञ्ज युनाइटेड र वीरगञ्ज युथ एकेडेमी, बारा जिल्लाको नव जनजागृति युवा क्लब, सर्लाही जिल्लाको सर्लाही–११, सिन्धुली जिल्लाको दुधौली स्पोर्टस् क्लब, चितवन जिल्लाको हर्दि युवा समाज र सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब र काठमाडौंको एफसी रियाले लगायतका क्लव सहभागी हुनेछन् । प्रतियोगिताको फाइनल खेल फागुन १ गते हुने जनाइएको छ ।

प्रत्येक खेलमा म्यान अफ दी म्याच समेत प्रदान गरिनेछ । प्रतियोगिताका लागि करिब २५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*