सर्वोच्चले सरकारसँग माग्यो संसद विघटन गर्नुको कारणबारे लिखित जवाफ

हेटौडा न्युज
१० पुष २०७७, शुक्रबार १५:१०
;

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले पुस १९ गतेसम्ममा लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

नेपाल बार र सर्वोच्च बार एशोसियनबाट एमिकस क्यूरी माग्ने आदेशसमेत दिइएको छ ।

अदालतले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट प्रतिनिधिसभा विघटन गर्ने निर्णयको सक्कल फाइल मगाउने आदेश समेत दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बसेको इजलासमा हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी न्यायधीश सदस्य छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*