एनटीएफ प्रदेश–२ को संयोजकमा कुंवर

हेटौडा न्युज
१४ माघ २०७७, बुधबार १८:४४
;

मकवानपुर । नेपाल तेक्वान्दो महासंघ (एनटीएफ)ले प्रदेश–२ को संयोजकमा जयराम कुंवरलाई नियुक्त गरेको छ । महासंघले जिल्ला एवं प्रदेश समिति गठन गर्ने जिम्मेवारीसहित कुंवरलाई संयोजकको जिम्मेवारी दिएको हो ।

कुंवरलाई २ महिनाभित्रमा केन्द्रसँग समन्वय गर्दै प्रदेश भित्र रहेका जिल्लाहरुमा संयोजक चयन गर्ने अधिकारसमेत दिएको छ ।

कंवर निजगढ नगरपालिकाका–४ का वडाअध्यक्ष समेत हुन् ।

यस्तै एनटीएफले दुई केन्द्रिय सल्लाहकार समेत चयन गरेको छ । महासंघले केन्द्रिय सल्लाहकारमा निजगढ नगरपालिका उप–प्रमुख लिलादेवी लामिछाने खनाल र निजगढ नगरपालिका–२ का वडाध्यक्ष केशवप्रसाद उपाध्याय ढोडारीलाई मनोनित गरेको छ ।

जनप्रतिनिधि समेत रहेका सल्लाहकार खनाल, ढोडारी र संयोजक कुंवर निजगढ एवं बारा जिल्लास्तरमा विकासप्रेमी, सामाजिक अभियन्ता एवं युवा तथा खेलकुद क्षेत्रमा महत्वपुर्ण योगदान रहेको छ ।

महासचिव सुदिपचन्द्र बख्रेलका अनुसार नेपाल तेक्वान्दो महासंघले विश्वका विभिन्न तेक्वान्दो संस्थासंग सम्बन्धन पाएको छ ।

एनटीएफले विश्व सङमोक्वान संघ अमेरीका, तेक्वान्दो अन्तर्राष्ट्रिय बेलायत, अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ युनियन आयरल्यान्ड, अन्तर्राष्ट्रिय परम्परागत तेक्वान्दो महासंघ स्पेन र विश्व तेक्वान्दो परिषद जर्मनीबाट मान्यता पाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*