हेटौंडा गोल्डकपमा बीएफसी भरतपुरको विजय यात्रा सुरु
मकवानपुर । भिडोल विजय युथ गोल्ड कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सेन्ट्रल कलेज अफ बीएफसी भरतपुरले विजय यात्रा सुरु गरेको छ । एफसी विजय यूथको आयोजनामा हेटौंडामा शुक्रबारबाट सुरु भएको प्रतियोगितामा बीएफसी भरतपुरले मकवानपुर–११ लाई हराउादै विजय यात्रा सुरु गरेको हो ।
मकवानपुर ११ लाई २–१ गोल अन्तरले हराउँदै बीएफसी भरतपुरले जित निकालेको हो ।
बीएफसीको तर्फबाट विदेशी खेलाडी ग्लोरी र रञ्जित आले मगरले गोल गरेका थिए । मकवानपुरको तर्फबाट ऋषि लामाले एक गोल गरेपनि टिमलाई हारबाट भने जोगाउन सकेनन् ।
खेलमा बीएफसीका रञ्जित आले मगर म्यान अफ द म्याच घोषित भए ।
हेटौंडाको फरेष्ट्री क्याम्पसको खेल मैदानमा जारी प्रतियोगितामा आज शनिबार दुई खेल हुनेछ ।
पहिलो खेल वीरगञ्ज यूनाइटेड र हर्दी युवा समाज चितवनले पहिलो खेल खेल्दा दोस्रो खेल वीरगञ्ज यूथ एकेडेमी र दुधौली स्पोर्टस् क्लब सिन्धुलीको बीचमा हुनेछ ।
प्रतियोगितामा विभिन्न जिल्लाका १० टिमको सहभागिता रहेको छ ।











