मनहरीमा खेल मैदान निर्माण कार्य सुरु
मकवानपुर । मकवानपुरको मनहरीमा मदन भण्डारी स्मृति खेलकुद मैदान निर्माणको काम सुरु भएको छ । मनहरी गाउँपालिका–७ रमौलीमा खेल मैदान निमार्णको पहिलो चरणको काम सुरु भएको हो ।
पहिलो चरणमा खेलमैलानको कम्पाउन्ड निर्माणको काम सुरु गरिएको हो ।
२० विगाहा क्षेत्रफलमा फैलिएको सो मैदानमा खेलकुदका पूर्वाधार निर्माण गर्नका लागि ५४ करोड रुपैयाँ लागतमा निर्माण सक्ने गरी डीपीआर निर्माण गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए ।
गाउँपालिकाले खेल मैदान निमार्णका लागि चालु आर्थिक वर्षमा ७० लाख रुपैयाँ लागतमा काम सुरु गरिएको छ ।
खेलमैदानको कम्पाउन्ड निर्माण गर्नका लागि बागमती प्रदेश सरकारले ४० लाख रुपैयाँ र संघीय सरकारले ३० लाख रुपैयाँ उपलब्ध गराएको छ ।
पस्चिमी क्षेत्रको सबै भन्दा ठुलो खेल मैदानका रुपमा विकास गर्नका लागि मनहरी गाउँपालिकाले खेल मैदान निर्माण गर्नका लागि डिपीआर तयार गरेपछी यसको काम सुरु गरिएको अध्यक्ष उप्रेतीले बताए ।











