नेपाल, ओमान र अमेरिकाबीचको क्रिकेट सिरिज स्थगित

नेपाल, ओमान र अमेरिकाबीच हुने भनिएको आइसीसी विश्वकप लिग–२ को खेलहरु स्तगित भएको छ । आगामी चैतमा हुने भनिएको तिन देश बिचको त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित भएको हो ।
नेपालले उक्त सिरिज आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा खेल्ने तालिका रहेको थियो। सिरिजका लागि पहिलो चरणमा २१ खेलाडी बन्द प्रशिक्षणमा छन् ।
सिरिज खेल्नका लागि ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । जसका लागि ओमानले क्वारेन्टाइन खर्च आईसीसीलाई तिर्न प्रस्ताव गर्दै आएको थियो ।
आईसीसीले सो भार नव्यहोर्ने जनाएपछि सिरिज स्थगित भएको अनुमान गरिएको छ । तर ओमान र आईसीसीले भने यस विषयमा कुनै पनि औपचारिक जानकारी नदिएकोे क्यान स्रोतले बताएको छ।
अमेरिकाले ओमान भ्रमणको लागि बोलाएको ४४ सदस्यीय टोलीको बन्द प्रशिक्षण रद्द गरेको छ।